काठमाडौं, २५ माघ। नेपाली कांग्रेसलाई प्रतिपक्ष र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको आज सुनवाई हुने भएको छ ।
अधिवक्ता विमलप्रसाद पोखरेलले संसद सचिवालयविरुद्ध सो रिट निवेदन दिए पछि आज सुनवाई हुन लागेको हो ।
सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले उक्त रिट निवेदन दर्ता गर्न आदेश दिनुभएको थियो ।
न्यायाधीश मल्लको आदेशअनुसार अधिवक्ता पोखरेलेको रिट निवेदन दर्ता भएको हो ।
रिटमा आज २५ माघमा पहिलो पेशी तोकिएको छ ।
यसअघि सर्वोच्च अदालतको रजिस्ट्रारले सो निवेदन दरपिठ गर्नुभएको थियो ।


















