Prakash Adhikari February 17, 2023

कीर्तिपुर(काठमाडौं), ५ फागुन । आइसीसी विश्वकप एक दिवसीय लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत स्कटल्यान्डसँगको खेलमा नेपालले ६ विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डले ३० औं ओभरको समाप्तीमा ६ विकेटको गिराउदै गर्दै १ सय ३४ रन बनाएर खेलिरहेको छ।

स्कटल्याण्डलाई रोक्ने क्रममा नेपालका पूर्वकप्तान सन्दीप लामिछानेले ३, बलर कुशल मल्लले २ र कुशल भूर्तेलले १ विकेट लिएका छन् ।

टस जितेर फिल्डिड। रोजेको नेपालका लागि आजको खेलमा पहिलो विकेटको खाता कुशल मल्लले खोलेका थिए । उनले आठौं ओभरको चौथो बलमा स्कटल्याण्डका ओपनर रिच बियरिड।टोनको विकेट लिएका थिए । त्यसपछि १२ औं ओभरको पहिलो बलमा क्रिस्टोफर म्याक ब्राइडको विकेट लिएका थिए । कुशललाई स्कटल्याण्डका दुवै ओपनरको विकेट लिने संयोग जुरेको थियो ।

सन्दीपले १५ औं ओभरको पाँचौ बलमा स्कटल्याण्डका म्याथ्यु क्रसलाई एलबीडब्ल्यु घरापमा पारेका थिएन भने १७ औं ओभरको पहिलो बलमा स्कटल्याण्डका थोमस म्याकिन्टोसलाई एलबीडब्ल्यू धरापमा पारेका थिए । उनले २५ औं ओभरको दोस्रो बलमा स्कटल्याण्डका ब्राण्डन म्याकमुलेनको विकेट लिएका थिए ।

नेपालका कुशल ब्याट्सम्यान कुशल भूर्तेलले पनि एक विकेट लिएका छन् । उनले चौबिसौ ओभरको दोस्रो बलमा क्रिप्स् ग्रिभ्सको विकेट लिएका छन् ।

Share Now

Leave a comment.