Prakash Adhikari February 17, 2023

कीर्तिपुर(काठमाडौं), ५ फागुन । आईसीसी विश्वकप एक दिवसीय लिग २ त्रिकोणात्मक श्रृखला अन्तरगत आज भएको खेलमा स्कटल्याण्डले नेपाललाई २ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट खेल मैदानमा टस हारेर पहिले ब्याटिड. गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरको खेलमा ९विकेट गुमाउदै १सय ७४ रन जोडेको थियो ।

खेलमा स्कटल्याण्डको लागि माइकल लिक्स्ले ९ छक्का र ३ चौकाका मद्दतले सर्वाधिक १०७ रन जोडे । स्कटल्याण्डका लागि ज्याक जरभिसले २६, क्रिष्टोफन म्याक्ब्राइड र ब्राण्डेन म्याकमुलेनले २२।२२,मार्क वाटले २०, थोमस म्याकिन्टोस र रिच बेरिड.टनले १९।१९,क्रिश ग्रिभले १६, क्रिश सोलले ५ र म्याथु क्रसले २ रनको योगदान दिएका थिए ।

स्कटल्याण्डलाई रोक्ने क्रममा नेपालले ९ विकेट लिएको थियो । नेपालका लागि सन्दीप लामिछानेले ३, कुशल मल्लले २, कुशल भूर्तेल,दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले १ । १ विकेट लिएका थिए ।

टस जितेर फिल्डिड. रोजेको नेपालका लागि आजको खेलमा पहिलो विकेटको खाता कुशल मल्लले खोलेका थिए । उनले आठौं ओभरको चौथो बलमा स्कटल्याण्डका ओपनर रिच बियरिड।टोनको विकेट लिएका थिए । त्यसपछि १२ औं ओभरको पहिलो बलमा क्रिस्टोफर म्याक ब्राइडको विकेट लिएका थिए । कुशललाई स्कटल्याण्डका दुवै ओपनरको विकेट लिने संयोग जुरेको थियो ।

सन्दीपले १५ औं ओभरको पाँचौ बलमा स्कटल्याण्डका म्याथ्यु क्रसलाई एलबीडब्ल्यु घरापमा पारेका थिएन भने १७ औं ओभरको पहिलो बलमा स्कटल्याण्डका थोमस म्याकिन्टोसलाई एलबीडब्ल्यू धरापमा पारेका थिए । उनले २५ औं ओभरको दोस्रो बलमा स्कटल्याण्डका ब्राण्डन म्याकमुलेनको विकेट लिएका थिए ।

नेपालका कुशल ब्याट्सम्यान कुशल भूर्तेलले पनि एक विकेट लिएका छन् । उनले चौबिसौ ओभरको दोस्रो बलमा क्रिप्स् ग्रिभ्सको विकेट लिएका छन् ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ४० औं ओभरको तेस्रो बलमा स्कटल्याण्डका ज्याक जारभिसको विकेट लिए ।

खेलमा सोमपाल कामीले ५० औं ओभरको दोस्रो बलमा स्कटल्याण्डका मार्क वाटलाई रन आउट गराए भने अन्तिम ओभरको अन्तिम बलमा क्रिश सोलको विकेट लिए ।

 

Share Now

Leave a comment.