Prakash Adhikari February 18, 2023

कीर्तिपुर(काठमाडौं), ६ फागुन । आईसीसी विश्वकप लिग २ अन्तरगत नेपाल र नामिबियाबीच भैरहेको खेलमा नेपाललाई पाँचौ सफलता मिलेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा नेपालका करन के.सी.ले पाँचौ विकेट लिएका हुन् । यस पहिले सन्दीप लामिछानेले ३ विकेट लिएका थिए भने एक विकेट दीपेन्द्रसिंह ऐरीको बलमा रन आउट हुँदा हासिल भएको थियो ।

Image
खेलमा नेपालका घातक बलर पूर्वकप्तान सन्दीप लामिछानले ३ विकेट लिएका छन् । उनले ओपनर कार्ल ब्रिकेनस्टक २० रनमा आउट गरेका हुन् । सन्दीपको बलमा ब्याटिड. गरेका ब्रिकेनस्टक ज्ञानेन्द्र मल्लबाट क्याच आउट भए । सन्दीपले १५ औं ओभरको तेस्रो बलमा क्याच गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका हुन् । सन्दीपले १७ औं ओभरको पाँचौं बलमा लरेन्सलाई बोल्ड गर्दै दोस्रो सफलता दिलाएका हुन् ।

तेस्रो विकेट भने रन आउटबाट आएके हो । दीपेन्द्रसिंह ऐरीको बलमा रन लिन कोशिस गरेका माइकल भान लिंगेन रन आउट भएका थिए ।

सन्दीपले २९ औं ओभरको तेस्रो बलमा थप अर्को विकेट लिए । उनले गेर्हार्ड इनामर्सलाई आउट गरे ।

अहिले खेलको ४३ औं ओभर चलिरहेको छ र नामिबियाले ५ विकेटको क्षतिमा १ सय ७० रन जोडेको छ ।

पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेटले हराएको थियो । उक्त खेलमा नेपालले २ सय ८६ रनको विजयी लक्ष्य पूरा गरेको थियो । जुन नेपालले आफ्नो ओडिआई ईतिहासमा पूरा गरेको सर्वाधिक ठूलो योगफल थियो ।

Image

दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो । स्कटल्यान्डलाई हराउनेक्रममा नेपालले २ सय ७५ रनको लक्ष्य पूरा गरेको थियो । नेपालले लगातार तेस्रो पटक टस जितेको हो ।

नेपाल २६ खेलमा १० मा जित र १४ मा हारसहित २२ अंकका साथ छैटौं स्थानमा छ । नेपाल शीर्ष तीनमा पर्न बाँकी १० खेल नै जित्नुपर्ने हुन्छ । ओडिआई मान्यता जोगाउन नेपालले कम्तिमा ७ खेल जित्नुपर्ने हुन्छ ।

उता नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारसहित ३७ अंकका साथ तेस्रो स्थानमा छ । शीर्ष तीनमा रहँदै सोझै ग्लोबल छनोट खेल्न नामिबियालाई बाँकी खेल जित्नुपर्ने दबाब छ।

नेपालको प्लेइङ ११

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र गुलशन झा ।

Share Now

Leave a comment.