कीर्तिपुर(काठमाडौं), ६ फागुन । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत नेपाल र नामिबियाबीच भैरहेको १ सय २४ औं खेलमा नामिबियाले नेपाललाई २ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिड. गरेको नामिबियाले ५० ओभरको निर्धारित खेलमा ६ विकेटको क्षतिमा २ सय ७४ रन जोडेको थियो ।
खेलमा नामिबियाका जाने ग्रीनले अविजित रहदै ७५ रन बनाए भने पिन्की या फ्रान्सले ४९, लोहार्डी लरेन्सले ४१, रुवेन ट्रम्पम्यानले २४, माइकल भान लिगेनले २२, कार्ल ब्रिकेनस्टोकले २०, गेहार्ड इरास्मस र जन निकोल लफ्टि एटनले १५।१५ रनको योगदान गरे ।।
नामिबियालाई रोकने क्रममा नेपालले ६ विकेट लियो । खेलमा सन्दीप लामिछानेले ३ र करन के.सी.ले एक विकेट लिए भने दुई विकेट रन आउटबाट प्राप्त भयो । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीको बलमा नामिबियाका क्रमश पिन्कि या फ्रान्स र माइकल भान लिंगेन रन आउट हुँदा दुई विकेट गिरेको हो ।
खेलमा नेपालका घातक बलर पूर्वकप्तान सन्दीप लामिछानले ३ विकेट लिएका छन् । उनले ओपनर कार्ल ब्रिकेनस्टक २० रनमा आउट गरेका हुन् । सन्दीपको बलमा ब्याटिड. गरेका ब्रिकेनस्टक ज्ञानेन्द्र मल्लबाट क्याच आउट भए । सन्दीपले १५ औं ओभरको तेस्रो बलमा क्याच गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका हुन् । सन्दीपले १७ औं ओभरको पाँचौं बलमा लरेन्सलाई बोल्ड गर्दै दोस्रो सफलता दिलाएका हुन् । सन्दीपले २९ औं ओभरको तेस्रो बलमा थप अर्को विकेट लिए । उनले गेर्हार्ड इनामर्सलाई आउट गरे ।
Both teams stand tall and line up for their national anthems before the match begins. Let's root for our teams and enjoy the game!
#CWCL2 #NEPvNAM #weCAN pic.twitter.com/pqbe3oKx1T
— CAN (@CricketNep) February 18, 2023
तेस्रो विकेट भने रन आउटबाट आएके हो । दीपेन्द्रसिंह ऐरीको बलमा रन लिन कोशिस गरेका माइकल भान लिंगेन रन आउट भएका थिए ।
पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेटले हराएको थियो । उक्त खेलमा नेपालले २ सय ८६ रनको विजयी लक्ष्य पूरा गरेको थियो । जुन नेपालले आफ्नो ओडिआई ईतिहासमा पूरा गरेको सर्वाधिक ठूलो योगफल थियो ।
दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो । स्कटल्यान्डलाई हराउनेक्रममा नेपालले २ सय ७५ रनको लक्ष्य पूरा गरेको थियो ।
रनको लक्ष्यको हिसाबले भन्दा नेपालले स्कटल्याण्डले दिएको जतिको लक्ष्य पाएको छ । पहिलो खेलमा नामिबियाले दिएको भन्दा ११ रन कमको लक्ष्य भएकोले यो लक्ष्य नेपालले हासिल गर्न सहज र संभव छ ।
आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तरगत नेपाल २६ खेलमा १० मा जित र १४ मा हारसहित २२ अंकका साथ छैटौं स्थानमा छ । नेपाल शीर्ष तीनमा पर्न बाँकी १० खेल नै जित्नुपर्ने हुन्छ । ओडिआई मान्यता जोगाउन नेपालले कम्तिमा ७ खेल जित्नुपर्ने हुन्छ ।
नामिबिया भने ३२ खेलमा १८ मा जित र १३ मा हारसहित ३७ अंकका साथ तेस्रो स्थानमा छ । शीर्ष तीनमा रहँदै सोझै ग्लोबल छनोट खेल्न नामिबियालाई बाँकी खेल जित्नुपर्ने दबाब छ।
नेपालको प्लेइङ ११
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र गुलशन झा ।


















