Prakash Adhikari February 18, 2023

 

कीर्तिपुर(काठमाडौं), ६ फागुन । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत नेपाल र नामिबियाबीचको दोस्रो खेलमा पनि नेपालले शानदार विजय हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिड. गरेको नामिबियाले ५० ओभरको निर्धारित खेलमा ६ विकेटको क्षतिमा २ सय ७४ रन जोडेको थियो । नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७.३ ओभरमा ७ विकेटको क्षतिमा १५ बल बाँकी रहदै २ सय ७८ रन जोडेर हासिल गरेको थियो ।

नेपालको जितमा आशिफ शेखले सर्वाधिक ८१ रन जोडे । ओपनर कुशल भूर्तेल २.१ ओभरमा १ रन बनाएको अवस्थामा आउट भए पनि अर्का ओपनर आशिफ शेखले सम्हालिएर ब्याटिड. गरे उनले २ छक्का र ८ चौकाका मद्दतले ८१ रन जोडेका थिए । कुशल भूर्तेल आउट भएपछि ब्याटिड. सम्हालेका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पनि ३ छक्का र ५ चौकाका मद्दतले ६५ रन जोडे । चौथो क्रमका ब्याट्सम्यान कुशल मल्लले आज पनि सम्हालिएर खेल उनले पनि ४ छक्का र ६ चौकाका मद्दतले ६२ रन जोडे । आज कप्तान रोहित पौडेलले ४३ बलमा ३९ रन बनाए । खेलमा दीपेन्द्रसिं ऐरीले १, सन्दीप जोराले ३ जोडे भने कप्तान रोहित पौडेल आउट भएपछि ४५.५ ओभरमा ब्याटिड. सम्हालेका सोमपालले ८ रन जोडेर आजको खेलको सुन्दर समापन गरे ।

 

Nepal  (T: 275 runs from 50 ovs)
BATTING R B 4s 6s SR
Kushal Bhurtel  c Ya France b Trumpelmann 1 5 0 0 20.00
Aasif Sheikh † c Ya France b Lungameni 81 98 8 2 82.65
Gyanendra Malla  c sub (S Fouche) b Scholtz 65 74 5 3 87.83
Kushal Malla  c Erasmus b Trumpelmann 62 49 6 4 126.53
Rohit Paudel (c) c Erasmus b Trumpelmann 39 43 5 0 90.69
Dipendra Singh Airee  st †Green b Scholtz 1 6 0 0 16.66
Sundeep Jora  c †Green b Ya France 3 7 0 0 42.85
Sompal Kami  not out 8 4 2 0 200.00
Gulsan Jha  not out 0 1 0 0 0.00
Extras (b 1, lb 3, nb 2, w 12) 18
TOTAL 47.3 Ov (RR: 5.85) 278/7
Fall of wickets: 1-9 (Kushal Bhurtel, 2.1 ov), 2-148 (Gyanendra Malla, 26.1 ov), 3-169 (Aasif Sheikh, 31.2 ov), 4-261 (Kushal Malla, 43.4 ov), 5-262 (Dipendra Singh Airee, 44.5 ov), 6-268 (Rohit Paudel, 45.5 ov), 7-274 (Sundeep Jora, 46.5 ov)

 

नेपाललाई रोक्ने क्रममा नामिबियाका रुवेल ट्रम्पलमेनले ३, बर्नाड सोल्जले २ तथा पिंकि या फ्रान्स र टांगेनी लुंगामेनीले १ । १ विकेट लिएका थिए ।

नेपाललाई २ सय ७५ रनको लक्ष्य

त्यस पहिले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत नेपाल र नामिबियाबीच भैरहेको १२४ औ खेलमा नामिबियाले नेपाललाई २ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिड. गरेको नामिबियाले ५० ओभरको निर्धारित खेलमा ६ विकेटको क्षतिमा २ सय ७४ रन जोडेको थियो ।

खेलमा नामिबियाका जाने ग्रीनले अविजित रहदै ७५ रन बनाए भने पिन्की या फ्रान्सले ४९, लोहार्डी लरेन्सले ४१, रुवेन ट्रम्पम्यानले २४, माइकल भान लिगेनले २२, कार्ल ब्रिकेनस्टोकले २०, गेहार्ड इरास्मस र जन निकोल लफ्टि एटनले १५।१५ रनको योगदान गरे ।

नामिबियालाई रोकने क्रममा नेपालले ६ विकेट लियो । खेलमा सन्दीप लामिछानेले ३ र करन के.सी.ले एक विकेट लिए भने दुई विकेट रन आउटबाट प्राप्त भयो । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीको बलमा नामिबियाका क्रमश पिन्कि या फ्रान्स र माइकल भान लिंगेन रन आउट हुँदा दुई विकेट गिरेको हो ।

पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेटले हराएको थियो । उक्त खेलमा नेपालले २ सय ८६ रनको विजयी लक्ष्य पूरा गरेको थियो । जुन नेपालले आफ्नो ओडिआई ईतिहासमा पूरा गरेको सर्वाधिक ठूलो योगफल थियो ।

दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो । स्कटल्यान्डलाई हराउनेक्रममा नेपालले २ सय ७५ रनको लक्ष्य पूरा गरेको थियो ।

ICC MEN’S CRICKET WORLD CUP LEAGUE 2
TEAM M W L PT NRR
SCOT 34 23 9 48 0.679
OMA 36 21 13 44 0.039
NAM 33 18 14 37 0.338
USA 36 16 17 35 -0.040
UAE 26 12 11 27 0.051
NEPAL 27 11 14 24 -0.254
PNG 28 2 25 5 -0.982

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्गरगत खेलिने ३६ खेलमध्ये २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । नेपाल शीर्ष तीनमा पर्न बाँकी ९ खेल नै जित्नुपर्ने हुन्छ । ओडिआई मान्यता जोगाउन नेपालले अबका कम्तिमा ६ खेल जित्नुपर्ने हुन्छ ।

नामिबिया भने ३२ खेलमा १८ मा जित र १३ मा हारसहित ३७ अंकका साथ तेस्रो स्थानमा छ । शीर्ष तीनमा रहँदै सोझै ग्लोबल छनोट खेल्न नामिबियालाई बाँकी खेल जित्नुपर्ने दबाब छ।

 

नेपालको प्लेइङ ११

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र गुलशन झा ।

Image

Share Now

Leave a comment.