काठमाडौं, ७ फागुन। आज निर्वाचन दिवस मनाइँदै छ । नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको सम्झनामा निर्वाचन दिवस मनाइन थालिएको हो ।
२०७३ साल देखी ७ फागुनलाई निर्वाचन दिवसको रुपमा मनाउन थालिएको हो।यसैले २०१५ फागुन ५ गतेलाई निर्वाचन दिवसको रुपमा स्मरण गरिए पनि अहिले निर्वाचन आयोग दिवस मनाउन थालिएको ७ बर्ष भएको छ।
आयोगले निर्वाचन दिवसको अवसरमा ‘सबै सधै सँगै’ भन्ने नारा साथ मनाउँने निर्णय गरेको छ।
निर्वाचन दिवसका अवसरमा एक सन्देश जारी गर्दै आयोगले स्थापनाकालदेखि नै संविधानले प्रत्याभूत गरेको बालिग मताधिकारको आधारमा जनप्रतिनिधि निर्वाचित गर्ने कार्य,निश्पक्ष, तटस्थ, धाँधलीरहित र शान्तिपूर्ण रुपमा ब्यापक जनसहभागिताको आधारमा सम्पन्न गर्दै आएको जिकिर गर्नुएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाद्धारा जारी सन्देशः




















