पोखरा, (कास्की) ७ फागुन । पोखरा विश्वविद्यालयबाट बागलुंग बसपार्क जाने क्रममा ग१ख ६७४७ नम्बरको बस डाँडानाक प्रहरी चौकी नजिकै खोल्सामा खसेको हो।
बसमा अधिकांश विद्यार्थी रहेका थिए। बसमा करिब ४५ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी इन्स्पेक्टर ज्ञान खड्काले जानकारी दिनुभयो।
घाइते सबैलाई प्रहरीले उद्धार गरेर अस्पताल लगिएको छ।
उहाँका अनुसार घाइतेलाई गण्डकी अस्पताल, गण्डकी मेडिकल कलेजमा लगिएको छ।


















