Prakash Adhikari February 19, 2023

काठमाडौं, ७ फागुन । बीवाईडीका विद्युतीय गाडी खरिदकर्ताले एभरेष्ट बैंकका सबै शाखाबाट फाइनान्स सुविधा पाउने भएका छन्।

बीवाईडीको नेपालका लागि अधिकृत बिक्रेता साइमेक्स इन्क पालि र एभरेष्ट बैंकबीच यससम्बन्धी सम्झौता भएको हो।

योसँगै खरिदकर्ताले बैंकबाट बीवाईडी गाडीमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा पाउनेछन्।

यो साझेदारीले सात वर्षसम्मका लागि विशेष प्रतिस्पर्धी ब्याजदरमा सहज फाइनान्स सुविधा पाउने बीवाईडीले जनाएको छ।

यसको अर्थ ग्राहकले २० प्रतिशत मात्रै डाउनपेमेन्ट गर्नुपर्नेछ। यसो हुँदा भर्खरै सार्वजनिक भएको अट्टो ३ पनि ग्राहकले १२ लाख ९८ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् भने ई ६ को लागि ११ लाख ८० हजार तिरे पुग्नेछ।

नेपाल राष्ट्र बैंकको निर्देशन र कार्यविधिबमोजिम यसको व्यवस्थापन गरिने कम्पनीले उल्लेख गरेको छ।

एभरेष्ट बैंकले इच्छुक सवारीधनीलाई सात कार्यदिनभित्रै ऋणको व्यवस्थापन गर्नेछ। ऋण प्रक्रियाको शुल्कमा समेत छुट मिल्ने जनाइएको छ।

साइमेक्स इन्ककी प्रबन्धनिर्देशक यमुना श्रेष्ठले बीवाईडी उच्च गुणस्तरको, वातावरणमैत्री यातायातका साधन दिन तल्लीन रहेको बताउँदै साझेदारीबाट ग्राहकलाई सहज हुने उल्लेख गर्नुभएको छ।

Share Now

Leave a comment.