Prakash Adhikari February 22, 2023

काठमाडौ, १० फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फागुन १९ गते कतारको राजधानी दोहा जाने तयारीमा हुनुहुन्छ ।

फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल दोहा जान लाग्नुभएको हो ।

अल्पविकसित राष्ट्रहरुको सम्मेलन फागुन २१ देखि २५ गते (मार्च ५ देखि ९ तारिख) सम्म दोहामा आयोजना हुँदैछ । सम्मेलनमा अल्पविकसित राष्ट्रका सरकार एवम् राष्ट्र प्रमुखहरु सहभागी हुनेछन् ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते छ । प्रधानमन्त्री दाहाल भने १९ गते दोहा गएर २२ गते नै स्वदेश फर्किने तयारीमा हुनुहुन्छ ।

गत पुस १० गते प्रधानमन्त्री बनेपछि दाहालले हालसम्म विदेश भ्रमण गर्नुभएको छैन् । उहाँको यो पहिलो विदेश भ्रमण हुनेछ ।

Share Now

Leave a comment.