Prakash Adhikari February 22, 2023

काठमाडौं, १० फागुन । बिहीबारदेखि यूएईमा हुने यू १९ विश्वकप एसिया क्षेत्रको छनोटका लागि नेपाली टोलीको कप्तानी युवा ब्याटर देव खनालले गर्ने भएका छन्।

यसअघि टोलीको कप्तानको जिम्मेवारी गुलशन झालाई दिइएको थियो। तर गुलसन राष्ट्रिय टोलीबाट लिग २ खेल्ने भएपछि उनको स्थानमा देवलाई कप्तानको जिम्मेवारी दिइएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

गुलसनको स्थानमा यू १९ टोलीमा आकाश चन्दलाई समेटिएको छ। बिहीबारदेखि यूएईमा हुने यू १९ विश्वकप एसिया क्षेत्रको लागि नेपाली टोली बुधबार यूएईतर्फ प्रस्थान गर्दैछ।

नेपाली टोलीले १२ गते सिंगापुरसँग पहिलो खेल खेल्नेछ। १३ गते कुवेतसँग तथा १५ हङकङसँग खेल्ने तालिका छ। १६ गते मलेसियासँग तथा १८ गते अन्तिम खेलमा यूएईसँग खेल्नेछ।

प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले सन् २०२४ मा श्रीलंकामा हुने यू १९ विश्वकप खेल्न पाउनेछ।

नेपाली यू–१९ टोली
आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपरं), दीपक डुम्रे (विकेटकिपर), दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, देव खनाल, सुवास भण्डारी, विशाल विक्रम केसी, आकाश चन्द र मिलन बोहरा

Share Now

Leave a comment.