Prakash Adhikari February 23, 2023

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत कीर्तिपुरमा सम्पन्न त्रिदेशीय शृंखलामा विजेता खेलाडीलाई प्रतिव्यक्ति २ लाख रूपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ।

बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गर्नुभएको हो।

खेलाडीहरूलाई बधाइ दिँदै प्रधानमन्त्रीले भने, “सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईहरूलाई बधाइ छ। तपाईहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ। चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ। यो देशकै गौरव हो।”

प्रधानमन्त्री दाहालले खेलाडीको कारण देशकै गौरव र प्रतिष्ठा बढेको बताउँदै सबै नेपालीहरूको तर्फबाट बधाइ ज्ञापन गरे। उनले आउने प्रतिस्पर्धाका लागि शुभकामना समेत दिनुभएको थियो।

उ ुतपाईहरूलाई प्रेरणा मिलोस् भनेर मैले नेपाल सरकारको तर्फबाट प्रतिखेलाडी २ लाख पुरस्कार दिने घोषणा गर्दछु”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

सो अवसरमा खेलाडीहरूले लिग चलिरहेकै बेला प्रधानमन्त्रीले आफूलाई हौसला दिएकोमा धन्यवाद दिँदै नेपाली खेलाडीहरूले वास्तविक अभिभावक पाएको भन्दै खुसी व्यक्त गरेका थिए।

 

Share Now

Leave a comment.