Prakash Adhikari February 26, 2023

पोखरा(कास्की), १४ फागुन । यौन दूराचारको मुद्दामा दोषी ठहर हुँदै कारगारमा रहेका अभिनेता पल शाहले उच्च अदालत पोखराबाट सफाइ पाउनुभएको छ।

यससँगै शाह भोलि नै तनहुँ कारागारबाट छुट्ने पलका वकिल कमलामोहन वाग्नलेले बताउनुभएको छ।

उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासबाट कलाकार पल शाहले सफाइ पाउनुभएको हो ।

जिल्ला अदालतको आदेशविरुद्ध पल शाह उच्च अदालत गएका जानुभएको थियो। आइतवार सुनुवाइ सकिएसँगै उच्च अदालतले पलको मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गरेको थियो।

जिल्ला अदालत नवलपुरले जबरजस्ती करणीको मुद्दामा पल शाहलाई सफाइ पहिल्यै दिएको थियो। तर बालयौन दुराचार गरेको ठहर गर्दै शाहलाई साढे २ वर्ष कैदको फैसला गरेपछि त्यसविरुद्ध पलका तर्फबाट उच्च अदालत पोखरामा पनरावेदन दिनुभएको थियो ।

पल शाहले आफूलाई सफाइ दिन माग गर्नुभएको थियो।

यस्तै, सरकारी वकिल कार्यालयले भने पललाई जबरजस्ती करणीको मुद्दामा सफाइ दिन नमिल्ने दाबी गर्दै पुनरावेदन गरेको थियो।

दुवै पक्षको पुनरावेदनपछि उच्च अदालतले आज फैसला गरेको हो।

उच्च अदालत पोखराले पललाई सफाइ दिएपछि उहाँ छुट्न लाग्नुभएको हो ।

Share Now

Leave a comment.