कीर्तिपुर(काठमाडौं), २५ फागुन । आइसीसी पुरुष विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय अन्तराष्ट्रिय सिरिजअन्तर्गत पपुवा न्यु गिनीविरुद्धको खेलमा नेपाली ओपनर आशिफ शेखले अर्धशतक बनाएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीका ओपनरले उत्कृष्ट सुरुवात गरेका हुन्।
यससँगै आशिफले अर्का ओपनर कुशल भुर्तेलसँग १ सय १० रनको साझेदारी पनि गरे ।
आशिफले ४७ बलमा अर्धशतक बनाउने क्रममा ५ चौका र २ छक्का पनि हानेका छन्। आशिफले १६ औँ ओभरमा ४७ बलमा ५ चौका र २ छक्का हान्दै आशिफले अर्धशतक पूरा गरेका हुन्।
त्यस्तै उनलाई साथ दिइरहेका कुशल भुर्तेलले पनि ५६ बलमा ४५ रन बनाएर रिलि ह्याकुरेको बलमा आउट भए । उनले पनि ६ चौका हानेका छन्।
नेपालले अहिले २४ ओभरको अन्त्यमा २ विकेटको क्षतिमा १ सय २८ रन बनाएको छ । कुशल भूर्तेल आउट भएपछि ब्याटिड. सम्हाल्न आएका कुशल मल्ल पनि ह्याकुरेकै बलमा २ रन बनाएको अवस्थामा आउट भएका थिए ।
नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। तीव्र गतिका बलर प्रतिश जिसीको स्थानमा ब्याटर कुशल भुर्तेललाई खेलाएको थियो।


















