Prakash Adhikari March 9, 2023

काठमाडौँ, २५ फागुन । काठमाडौँबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको ककपिटमा इन्जिनमा फायर एलर्ट देखिएपछि बिच आकाशबाटै फिर्ता ल्याएर विमानस्थलमा सुरक्षित अवतरण गरिएको छ ।

क्याप्टेन बीएस थापाले उडाएको नाइन एन एएनआर (9N-ANR)जहाजको ककपिटले इन्जिनमा फायर वार्निड. देखाएपछि जहाज धादिड.माथिको आकाशबाट फिर्ता बोलाएर पछि तत्काल काठमाडौँमै सुरक्षित अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

विमानस्थलका प्रवक्ता टेकनाट सिटौलाका अनुसार श्री एयरलाइन्सको उडान नं ८२१ को जहाजको इन्जिनमा ‘फायर वार्निङ’ देखिएपछि जहाज बिचबाटै काठमाडौँतर्फ फर्काइएको हो । उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेरअघि सकुशल अवतरण गराइएको र अहिले विमानस्थलको उडान अवस्था सामान्य रहेको उहाँको भनाइ छ ।

काठमाडौँबाट उड्नासाथ चालक दलका सदस्यले इन्जिनमा फायर वार्निड. संकेत आएको भनेर टावरलाई जानकारी गराएपछि धादिङमाथिको आकाशबाट जहाज फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरण गरिएको हो ।

Share Now

Leave a comment.