Prakash Adhikari March 9, 2023

काठमाडौं, २५ फागुन । शेयर बजारमा आशा लाग्दो बढोत्तरी भएको छ । चैत्रबाट बैंकहरुको ब्याजदर घट्ने समाचार सार्वजनिक भएसंग शेयर बजारमा हरियाली छाएको हो ।

साताको अन्तिम कारोवार दिन बिहिबार धितोपत्र बजार परिसूचक ५०.०४अंकले बढेर २००२.७४ बिन्दुमा पुगेको छ ।

यस दिन २ सय ६२ कम्पनीका ४५ लाख ६६ हजार ४३ कित्ता शेयरको किनबेचबाट १ अर्ब ५६ करोड ५५ लाख ५८ हजार ८ सय २ रुपैया ९१ पैसाको कारोबार भएको छ ।

यस दिन २ सय १३ कम्पनीको शेयर मूल्य बढेको छ । ३ वटा कम्पनीको घटेको छ र दुई वटा कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तहमा नै रहेको छ ।

यस नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई वर्गीकरणमा परेका १३ वटै उपसमूहका उपपरिसूचकहरु बढेका छन् ।

Symbol Current Chng Chng %
1,315.37 23.54 1.82
3,652.86 105.42 2.97
1,699.79 56.84 3.46
3,130.34 66.61 2.17
2,594.90 90.04 3.59
65.75 2.08 3.26
10,061.02 313.74 3.22
4,581.22 68.96 1.53
3,778.22 109.73 2.99
14.21 0.32 2.31
8,960.38 252.76 2.90
1,441.43 31.21 2.21
2,152.68 43.56 2.07

यस दिन बढी दरमा शेयर मूल्य बढ्ने कम्पनीहरुमा नेपाल इन्स्योरेन्स कम्पनी, शिवश्री हाइड्रो, अभियान लघुवित्त, जोशी हाइड्रो, अजोड इन्स्योरेन्स, युनियन हाइड्रो, लुम्बिनी जनरल इन्स्योरेन्स, पिपुल्स हाइड्रो र आदर्श लघुवित्त रहेका छन् ।

यस दिन सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ २, प्रभु बैंक डिबेञ्चर ८५, सिटिजन्स म्युचुअल फण्ड १ र २, लक्ष्मी उन्नति कोष,सबैको लघुवित्त,एनआईसी एशिया ग्रोथ फण्ड,स्वाभिमान लघुवित्त, नेपाल बैंक डिबेञ्चर ८७ र एनआईबी समृद्धि फण्ड २को शेयर मूल्य अघिल्लो कारोबार दिनको भन्दा घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन सबैभन्दा बढी कारोबार गर्ने कम्पनीहरुमा शिभम् सिमेण्ट्स, हिमालयन डिष्टिलरी, अरुण कावेली पावर, नबिल बैंक, शिवश्री हाइड्रोपावर,अपि पावर, अरुणभ्याली हाइड्रो पावर,युनिभर्सल पावर कम्पनी लिमिटेड, सुपरमादी हाइड्रो पावर र अपर तामाकोशी रहेका छन्।

Share Now

Leave a comment.