Prakash Adhikari March 9, 2023

काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ।

उनले २ सय १४ संघीय सांसद र ३ सय ५२ प्रदेश सांसदको मत पाउनुभएको थियो। मतभारका हिसाबले उहाँले ३३ हजार ८ सय २ मतभार ल्याएर राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो।

कांग्रेस वरिष्ठ नेता पौडेललाई सत्तारुढ गठबन्धनका ९ दल र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि मतदान गरेका थिए । कांग्रेस नेता पौडेलले राष्ट्रपतिको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्नुभएको छ। नेता संघीय लोकतान्त्रिक गणतन्त्रको चौथो कार्यकालका लागि तेश्रो राष्ट्रपति बन्नुभएको छ।

पौडेललाई राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीसहित १० दलको समर्थन थियो।

राष्ट्रपतिमा निर्वाचित पौडेलका प्रतिस्पर्धी एमाले उम्मेद्वार नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गर्नुभएको थियो। नेम्वाङलाई एमालेको मात्रै मत खसेको छ।

राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३ सय १३ सांसद (२४ हजार ७ सय २७ मतभार( ले मतदान गरेका थिए।

त्यस्तै प्रदेशतर्फ ५ सय १८ (२४ हजार ८ सय ६४ मतभार) सांसदले मत दिएका थिए।

Share Now

Leave a comment.