Prakash Adhikari March 10, 2023

काठमाडौं, २६ फागुन। गृह मन्त्रालयको बढुवा समितिले नेपाल प्रहरीका पाँचजना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको छ। नेपाल प्रहरीका रिक्त पाँच एआईजीमा उनीहरुलाई शुक्रबार बढुवा गर्न सिफारिस गरिएको हो।

समितिले बढुवा सिफारिस सूचीमा पहिलो नम्बरमा वसन्तबहादुर कुँवर, दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दिपक थापा, चौथोमा श्यामलाल ज्ञवाली र पाँचौँ नम्बरमा किरण बज्राचार्य रहनुभएको छ।

‘नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पद संख्या ५ (पाँच) मा बढुवा गर्न मिति २०७९ ।११ ।२६ गते बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार देहाय बमोजिमको जनपद प्रहरी समूहतर्फका प्रहरी नायव महानिरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप–नियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ,’ प्रकाशित गरिएको बढुवा सिफारिस सूचीमा उल्लेख गरिएको छ।

एआईजीमा बढुवा हुने यीमध्येबाट एकजनाले आगामी १० चैतदेखि महानिरीक्षक भएर नेपाल प्रहरीको नेतृत्व गर्नुहुनेछ।

 

Share Now

Leave a comment.