Prakash Adhikari March 12, 2023

काठमाडौं, २८ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिनुभएको छ।

राष्ट्रपति पदको शपथ ग्रहण गर्नु एक दिन अघि उहाँ कांग्रेसबाट अलग हुनुभएको हो।

कांग्रेसका वरिष्ठ नेता पौडेलले आइतबार कांग्रेस केन्द्रीय कार्यालय ललितपुर सानेपामा राजीनामा पत्र पेश गर्नुभएको जानकारी कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

वरिष्ठ नेता पौडेल २०१७ सालपछि कांग्रेसको सक्रिय राजनीतिमा निरन्तर क्रियाशील हुनुहुन्छ।

बिहीबार (फागुन २५ गते) भएको राष्ट्रपतिको निर्वाचनमा कांग्रेस वरिष्ठ नेता पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो। पौडेल ३३ हजार ८ सय २ मत भारसहित निर्वाचित हुनुभएको हो। उहाँले सोमबार पद तथा गोपनीयताको शपथ लिनुहुने कार्यक्रम रहेको छ ।

Share Now

Leave a comment.