जेम्स ग्रेगरी। बीबीसी न्यूज
मस्को(रुस), ९ चैत्र । युक्रेनका लागि चीनले तयार गरेको शान्ति योजनाहरूलाई युद्ध अन्त्य गर्ने आधार बनाउन सकिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको छ ।
यद्यपि, ‘पश्चिम र किएभ’ तयार भएपछि मात्र ती योजना कार्यान्वयनका लागि अघि सार्न सकिने उहाँको भनाई छ।
रुसी राष्ट्रपतिले मङ्गलवार मस्कोमा चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग द्वन्द्व र दुई देशबीचको सम्बन्धबारे छलफल गर्नुभएको थियो।
गत महिना प्रकाशित चीनको योजनाले रुसी सेनालाई युक्रेनी भूभाग छोड्न स्पष्ट आह्वान गरेको छैन।
बाह्र बुँदाहरू सूचीबद्ध योजनामा कुनै विशेष शर्त बिना शान्ति वार्ता र राष्ट्रिय सार्वभौमसत्ताको सम्मान गर्न सुझाव दिइएको छ।
युक्रेनले कुनै पनि वार्ताका लागि रुसले आफ्नो भूभाग छोड्नु पर्ने बताएको छ। तर रुस त्यसो गर्न तयार भएको सङ्केत देखिँदैन।
अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले सोमवार ‘युक्रेनी भूभागबाट रुसी सेनालाई हटाउनेबारे केही उल्लेख नगरी युद्ध विराम आह्वान गर्नुले रुसको जितलाई अनुमोदन गर्न बल पुर्याउने’ बताउनुभएको थियो।
सीसँगको बैठक सकिएपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा पुटिनले भन्नुभयो, “चिनियाँ शान्ति योजनाका धेरै प्रावधानहरूलाई युक्रेनमा द्वन्द्व समाधानको आधारका रूपमा लिन सकिन्छ। तर त्यसका लागि पश्चिम र किएभ तयार हुनुपर्छ।”
तर रुसले युद्धको दोस्रो पक्षबाट यस्तो ुतत्परताु देख्न नसकेको उहाँले बताउनुभयो।
सीले के भन्नुभयो ?
रुसी नेतासँगै उभिनुभएका सीले आफ्नो सरकार शान्ति र वार्ताको पक्षमा रहेको र चीन ुइतिहासको सही पक्षुमा रहेको बताउनुभयो।
उहाँले बेइजिङलाई सम्भावित शान्ति निर्माताका रूपमा प्रस्तुत गर्न खोज्दै युक्रेन युद्धबारे चीन ुनिष्पक्षु रहेको दाबी गर्नुभयो।
यी दुई शीर्षस्थ नेताले आफ्ना देशहरूबीचको बढ्दो व्यापार, ऊर्जा र राजनीतिक सम्बन्धका बारेमा पनि छलफल गर्नुभएको थियो ।
“चीन रुसको प्रमुख वैदेशिक व्यापार साझेदार हो”, राष्ट्रपति पुटिनले चीनसँगको गत वर्ष सुरु भएको ‘उच्च स्तरीय’ व्यापार सम्बन्ध कायम राख्ने वाचा गर्दै भन्नुभयो।
यसअघि सीले चीन र रुसलाई ुमहान् छिमेकी शक्ति तथा रणनीतिक साझेदारुको संज्ञा दिनुभएको थियो।
रुसको सरकारी सञ्चार माध्यमका अनुसार यी दुई नेताहरूले :
- आर्थिक सहयोगका लागि विस्तृत योजनाहरू र रुस(चीन साझेदारीलाई बलियो बनाउने योजनाहरू गरी दुई संयुक्त कागजातमा हस्ताक्षर गर्नुभएको छ ,
- मङ्गोलिया हुँदै रुसी ग्यास चीनमा पुर्याउन साइबेरियामा योजनाबद्ध पाइप लाइनबारे सम्झौता गर्नुभएको छ,
- पारमाणविक युद्ध कहिल्यै सुरु हुन नहुने विषयमा सहमति जनाउनुभएको छ,
- अस्ट्रेलिया, बेलायत र अमेरिकाबीचको ओकस रक्षा सम्झौताबारे आफ्नो चिन्ता व्यक्त गर्नुभएको छ,
सैन्य र सुरक्षासम्बन्धी मामिलामा एसियामा नेटोको बढ्दो उपस्थितिबारे छलफल गर्नुभएको छ
पश्चिमा देशहरूलाई चीनले रुसलाई सैन्य सहायता उपलब्ध गराउनेबारे चिन्ता बढ्दो छ।
ब्रसल्समा सैन्य सङ्गठन नेटोका प्रमुख यान्स स्टोलटेनबेर्गले ‘सहयोगी राष्ट्रहरूले चीनले रुसलाई घातक हतियार उपलब्ध गराएको कुनै प्रमाण नदेखेको’ बताउनुभएको छ।
तर रुसले हतियारका लागि अनुरोध गरेको र बेइजिङमा त्यसबारे विमर्श भइरहेको सङ्केतहरू देखिएको उहाँको भनाइ छ।

चीन रुस साझेदारी
चीन र रुसले जारी गरेको संयुक्त विज्ञप्तिमा दुई देशबीचको साझेदारी अन्तर्गत ुसैन्य राजनीतिक गठबन्धनु नगरेको जनाइएको छ।
यो सम्बन्ध ‘गुटबन्दी नगर्ने, आक्रामक नहुने र तेस्रो देशविरुद्ध निर्देशित नहुने’ उहाँहरूले बताउनुभएको छ।
पुटिनले पत्रकार सम्मेलनमा पश्चिमले ‘पारमाणविक अवयव’सहित हतियारहरू तैनाथ गरेको आरोप समेत लगाउनुभयो।
उहाँले यूकेले युरेनियम निर्मित गोला बारुद युक्रेनमा पठाए रुस त्यसको प्रतिक्रिया जनाउन बाध्य हुने चेतावनी दिनुभयो।
यूकेको रक्षा मन्त्रालयले भने युरेनियमको पारमाणविक अस्त्रसँग कुनै सम्बन्ध नभएको जनाएको छ।
सीले मस्कोमा पुग्दा आफू ‘अत्यन्त खुसी’ भएको र राष्ट्रपति पुटिनसँगको वार्ता ‘स्पष्ट, खुला र मैत्रीपूर्ण’ भएको बताउनुभएको छ।
अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध युद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको केही दिनमा यो भेटघाट भएको हो।
सी रुसको मस्को पुगेको भोलिपल्ट जापानी प्रधानमन्त्री फुमिओ किशिदा आकस्मिक भ्रमणमा युक्रेनको किएभ पुग्नुभएको छ।
दोस्रो विश्वयुद्धपछि कुनै पनि जापानी प्रधानमन्त्री युद्धग्रस्त देशमा गएको यो पहिलो पटक हो।
विकसित राष्ट्रहरूको समूह जी सेभेनमा आबद्ध देशका नेतामध्ये रुसी आक्रमणपछि युक्रेन भ्रमण नगर्ने नेतामा किशिदा मात्र बाँकी हुनुहुन्थ्यो।
युक्रेनी राष्ट्रपति भ्लादिमिर पुटिनले मे महिनामा हुने जी सेभेन सम्मेलनमा भिडिओमार्फत सहभागी हुने किशिदासँग बताउनुभयो।
मङ्गलवार दिउँसोको पत्रकार सम्मेलनमा उहाँले चीनलाई पनि वार्तामा सहभागी हुन आग्रह गरेको तर हालसम्म कुनै जवाफ नआएको जनाउनुभयो ।


















