काठमाडौं,९ चैत्र। खुलामुखी कुमारी सुनौलो योजनाको निष्काशन आजबाट सुरु भएको छ। प्राथमिक बजारमा यस योजनाका इकाईहरुको बिक्री चैत १३ गतेसम्म खुला हुने छ।
कुमारी बैंक कोष प्रवर्द्धक, कुमारी क्यापिटल योजना व्यवस्थापक रहेको कुमारी सामूहिक लगानी कोष अन्तर्गत सुनौलो लगानी योजना निष्काशन गरिएको हो।
प्रति इकाइ मूल्य १० रुपैयाँ तोकिएको छ। १० करोड इकाइ निष्काशन गरिएको छ। यसमध्ये एक करोड ५० लाख इकाइ कुमारी बैंकलाई सुरक्षित गरिएको छ।
३ करोड ५० लाख इकाइ सार्वजनिक रुपमा निष्कासन गरिने सर्तअनुसार प्रथम पटक ५ करोड इकाइ बिक्रीका लागि खुला गरिएको छ। यसपछि निरन्तर खरिदबिक्रीका लागि खुला गरिने बताइएको छ।
आईपीओ खरिद गर्न चाहने लगानी कर्ताले कम्तिमा १० इकाइ र बढीमा ५० लाख इकाइ आवेदन दिन सक्दछन्।


















