काठमाडौं, ९ चैत्र । नेपालको शेयर बजार बिहिबार ओरालो लागेको छ । धितोपत्र बजारमा यस दिन धितोपत्र बजार १८.१५ अङ्कले ओरालो लागेर १९१५.१४ बिन्दुमा ओर्लिएको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक २.९० अङ्कले ओरालो लागेर ३६१.०१ मा सीमित भएको छ ।
कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य घटेको छ । विभिन्न कम्पनीका ४३ लाख ४० हजार २ सय ७० कित्ता शेयर रु १ अर्ब ४१ करोड ३१ लाख ७२ हजार ८ सय २ मूल्यमा खरिद बिक्री भएका छन् ।
आजको कारोबार रकमका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । बैंकको रु २१ करोड ७४ लाख ६४ हजार ८सय ६८ बराबरको कारोबार भएको छ । साथै सिद्धार्थ बैंकको रु ८ करोड ३५ लाख ७१ हजार ९ सय ३३, हिमालयन डिस्टिलरीको रु ४ करोड ४५ लाख ६३ हजार ४ सय ७७, नबिल बैंकको रु ३ करोड ८४ लाख ६९ हजार २ सय ३८ र शिवम् सिमेन्टको रु ३ करोड ७१ लाख ३९ हजार ६ सय ३२ बराबरको शेयर कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भएका छन् ।
आज माया खोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । एशिएन हाइड्रोपावर ९.९७, सिद्धार्थ बैंक ८.३४, बोटलर्स नेपाल तराई ५ं२१ र लिवर्टी इनर्जीकोे ४.२६ प्रतिशतले शेयर मूल्य बढेको छ ।
त्यस्तै, युनिक नेपाल लघुवित्त ७.४६, सिर्जनशिल लघुवित्त ६.८३, खप्तड लघुवित्त ६.०२, शुभम पावर ५.७४ र एनआइसी एशिया बैंकको शेयर मूल्य ५.१२ प्रतिशतले घटेको छ ।


















