मुम्बई(भारत), २२ चैत्र । भारतका चर्चित अभिनेता सलमान खानलाई अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ ।
कालो हरिणको शिकार गरेको मुद्दामा उनलाई जोधपुर अदालतले बिहिबार सो सजाय सुनाएको हो ।
सलमानलाई तत्कालै हिरासतमा लिइसकिएको छ ।
उनलाई सेन्ट्रल जेलमा लगिने छ ।
भारतीय कानूनमा ३ वर्षसम्मको सजाय पाएको व्यक्तिलाई धरौटीमा छुट्न पाउने सुविधान छ ।
सलमानलाई सोभन्दा बढिको सजाय ठहर भएकोले उनले जेल बस्नुपर्ने भएको छ ।
सर्वोच्च अदालतमा पुनरावेदन गर्ने उनको अधिकार भने सुरक्षित नै छ ।