Prakash Adhikari April 5, 2018

 

 

काठमाडौं, २२ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीको ३ दिने राजकीय भारत भ्रमणको कार्यक्रम सार्वजनिक भएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणमा प्रधानमन्त्री ओली शुक्रबार भारत प्रस्थान गरी आइतबार फर्कने कार्यक्रम रहेको छ ।

पराराष्ट््र मन्त्रालयले सार्वजनिक गरेको कार्यक्रम अनुसार प्रधानमन्त्री ओली सहितको टोली चैत २३ बिहान ९ : ०० बजे त्रिभुवन विमानस्थलबाट दिल्लीका लागि प्रस्थान गर्नेछ ।

प्रधानमन्त्री सहितको टोली इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेपछि सिधै राष्ट्रपति भवन पुग्ने कार्यक्रम छ ।

केहीबेर राष्ट्रपति भवनमा आराम गरेपछि प्रधानमन्त्री ओली भारतीय उद्योगी व्यवसायीसँग अन्तरक्रियामा सरिक हुनेछन् । नेपालमा लगानीको अवसरका बारेमा प्रधानमन्त्री ओलीले इन्डिया फाउन्डेसन तथा भारतीय उद्योग वाणिज्य महासंघ (फिक्की(द्वारा आयोजित बेग्लाबेग्लै कार्यक्रमलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

इण्डिया फाउण्डेशन र उद्योग व्यवसायीको कार्यक्रमपछि प्रधानमन्त्री दिवाभोजमा सरिक हुनेछन् ।

२३ गते नै प्रधानमन्त्री ओलीसंग भारतीय राजनीतिक दलका नेताहरूले राष्ट्रपति भवनमै शिष्टाचार भेट गर्नेछन्।

नेपालका प्रधानमन्त्रीसंग भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी, भाजपाका शीर्ष नेता, भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम यचुरी, पूर्वसांसद डीपी त्रिपाठी र अन्य साना दलका नेताले भेट्ने कार्यक्रम रहेको छ ।

शुक्रबार साँझ बाह्रखम्बारोडस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतमा रहेका नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ ।

–सोही साँझ नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा रात्रीभोजको आयोजना गर्नेछ । सो कार्यक्रममादिल्लीस्थित कूटनीतिक र राजनीतिक समुदाय पनि सहभागी हुनेछन्। दूतावासले भारतका प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेता, पूर्वमन्त्री, नेपालका लागि पूर्वराजदूतलगायतलाई पनि निमन्त्रणा गरेको छ।

२४ चैतमा प्रधानमन्त्री ओलीलाई समकक्षी नरेन्द्र मोदीले बिहानै राष्ट्रपति भवनमा स्वागत गर्ने कार्यक्रम छ । सो अवसरमा द्धिपक्षीय हित र चासोको बारमो केहीबेर वार्ता हुनेछ।

२४ गते नै प्रधानमन्त्री ओलीलाई भारतीय सेनाले उच्च सैनिक गार्ड आफ् अनर दिने ।

भ्रमण्को दोस्रो दिन प्रधानमन्त्री ओलीले भारतका राष्ट्रपति रामनाथ कोविन्द तथा उपराष्ट्रमन्त्री बैंकया नायडुसँग शिष्टाचार भेट गर्नेछन् ।

सोही दिन प्रधानमन्त्री ओलीले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जलीस्वरुप पुष्पार्पण र दीप प्रज्ज्वलन गर्ने कार्यक्रम छ

सोही दिन हैदरावाद हाउसमा सुरूमा दुवै देशका प्रधानमन्त्रीबीच एकापसमा वार्ता हुनेछ र लगत्तै प्रतिनिधि मण्डलका सदस्यसहितको उपस्थितिमा द्धिपक्षीय हितका विषयमा छलफल हुनेछ ।

–छलफलपछि दुई देशबीच हुने सम्झौता तथा पत्रआदनप्रदान सम्बन्धी कार्यक्रम हुने।

२४ गते नै संयुक्त पत्रकार सम्मेलन गरेर सम्झौताबारे जानकारी दिने। पत्रकार सम्मेलनलाई दुवैदेशका प्रधानमन्त्रीले संबोधन गर्ने कार्यक्रम रहेको छ ।

–२४ गते हैदरावाद हाउसमै प्रधानमन्त्री ओली उनको सम्मानमा आयोजना गरिने दिवाभोजमा सहभागी हुनेछन् ।

२४ गते साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसंग भारतीय विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह र वित्तमन्त्री अरुण जेट्लीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् ।

राजकीय भ्रमणको अन्तिम दिन २५ चैतमा प्रधानमन्त्री ओली हेलिकोप्टरमा दिल्लीबाट उत्तराखण्डको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि विश्वविद्यालयको भ्रमणमा जानेछन् ।

त्यहाबाट फर्केर प्रधानमन्त्री ओली सहितको नेपाली प्रतिनिधि मण्डलसाँझ दिल्लीबाट स्वदेश फर्किने कार्यक्रम रहेको छ।

 

Share Now

Leave a comment.