Prakash Adhikari March 30, 2023

काठमाडौं, १५ चैत। राष्ट्रपति रामचन्द्र पौडेलले कानूनी र अर्थविज्ञ सल्लाहकार नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले कानूनी सल्लाहकारमा बाबुराम कुँवर र प्रमुख आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी नेपाललाई नियुक्त गर्नुभएको हो ।

डा. नेपालले दुईदिनअघि निर्णय भएर बुधबार नियुक्ति पाएको जानकारी दिनुभएको छ ।

कुँवर गण्डकी प्रदेशको पहिलो प्रदेश प्रमुख रहिसक्नुभएको छ । उहाँ पूर्वप्रधानमन्त्री शुशील कोइरालाको कार्यकालमा सरकारको महान्यायाधिवक्ता हुनुहुन्थ्यो ।

अर्थ सल्लाहकारमा विज्ञका रुपमा नियुक्त भएका डा. नेपाल राष्ट्रबैंकका पूर्वगर्भनर हुनुहुन्छ । गभर्नर नियुक्त हुनुअगाडि उहाँ तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाका आर्थिक सल्लाहकार हुनुहुन्थ्यो ।

 

Share Now

Leave a comment.