Prakash Adhikari April 19, 2023

काठमाडौं, ६ वैशाख । नबिल बैंकको कार्डबाट सामसङ मोबाइल किन्दा क्यासब्याक पाइने भएको छ ।

सामसङका दुई नयाँ मोडलहरु ग्यालेक्सी ए ३४ फाइभजी र ग्यालेक्सी ए ५४ फाइभजीको खरिद गर्दा नबिल बैंकको कार्डबाट भुक्तानी गर्दा २ हजार रुपैयाँ क्यासब्याक हुने योजना सुरु भएको हो।

नबिलको भिसा डेडिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले यी दुई मोबाइल सेटको खरिदमा २ हजार रुपैयाँ क्यासब्याक पाउने सम्झौता भएको बैंकले जनाएको छ।

यी मोबाइल सेटहरु गत मार्चको अन्तिम साता नेपाली बजारमा आएको हो। दुबै मोडलहरुमा धेरै टिक्ने ब्याट्री, राम्रो क्यामेरा तथा बिबिध रंग तथा डिजाइनमा उपलब्ध रहेको बताइएको छ।

नबिलको कार्ड देशका २ सय ५३ शाखाहरुमध्ये कुनै पनि शाखाबाट लिन सकिने बैंकले जानकारी दिएको छ।

 

Share Now

Leave a comment.