काठमाडौं , ६ बैशाख । लोकप्रिय गायक थानेश्वर गौतमको सुमधुर स्वरमा सजिएको निष्ठुरी बोलको बिल्कुलै नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।
सेण्टिमेण्टल भर्सनको यस गीतमा शब्द, संगीत डेकेन्द्र श्रेष्ठको रहेको छ। गीतलाई सरोज बिष्टले संगीत संयोजन गर्नुभएको छ। म्युजिक भिडियोमा मुकुन्द भट्ट, दीपिका थापा र शिव सेन्चुरीको अभिनय रहेको छ।
हरिश महराले छायाँकन गर्नुभएको यस गीतको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गर्नुभएको छ। सुदीप श्रेष्ठ सहनिर्देशक रहेको यस भिडियोलाई शिव सेन्चुरी सुनारको निर्देशनमा तयार पारिएको हो।
भिडियो संगीतकार श्रेष्ठको युट्युव च्यानल डेकेन्द्र प्रडक्शनमार्फत सार्वजनिक भएको हो।
निर्माण टिमले भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।


















