Prakash Adhikari April 23, 2023

काठमाडौं, १० वैशाख । सरकारले राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्ति गरेको छ।

अर्थशास्त्री डा. रमेशचन्द्र पौडेल, प्रा. डा. आरपी विछा र डा.प्रभु बुढाथोकीलाई शुक्रबार राष्ट्रिय आयोगको सदस्य पदमा नियुक्ति दिइएको हो।

नवनियुक्त आयोग सदस्य डा. रमेशचन्द्र पौडेल त्रिविको अर्थशास्त्र विभागका सहप्राध्यापक हुनुहुन्छ। उहाँले अस्ट्रेलिया नेसनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको छ। यस्तै आरपी विछा र प्रभु बुढाथोकी लामो समयदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशील व्यक्ति हुनुहुन्छ।

डा.पौडेल र डा. विछाले शुक्रबारै पदको शपथ खाइसक्नुभएको छ भने बुढाथोकी हाल काठमाडौँ उपत्यकाबाहिर रहेकाले शपथ खान बाँकी छ।

यसअघि सरकारले आयोगका उपाध्यक्षमा अर्थशास्त्री डा. मीनबहादुर श्रेष्ठ तथा सदस्यमा रामकुमार फुयाँल र डा. जयकान्त राउतलाई नियुक्त गरिसकेको छ। आयोगको अध्यक्ष भने प्रधानमन्त्रीले गर्ने व्यवस्था छ।

तीन सदस्य थपिएसँगै आयोगले पूर्णता पाएको छ।

 

Share Now

Leave a comment.