चेन्नाई(कर्नाटक,भारत), ३१ वैशाख । भारतको कर्नाटक राज्य विधानसभाको चुनावमा भारतीय कांग्रेसलाई ऐतिहासिक सफलता मिलेको छ।
राज्य विधान सभाका २ सय २ सीटमध्ये भारतीय कांग्रेसले १ सय ३६ सीटमा विजय हासिल गरेको छ । यो निर्वाचनमा उसले ४३ प्रतिशत मत हासिल गरेको थियो । बहुमतभन्दा बढी सीटमा विजय हासिल गरेको कांग्रेस राज्य सरकार निर्माणमा अग्रसर भएको छ ।
यो चुनावमा भारतीय जनता पार्टीलाई ६५ सीटमा सफलता मिलेको छ ।
बहुमत पाएको कांग्रेस आईका कार्यकर्तारुले राज्य विधानसभाका सदस्यहरु सिद्धा रमैया र शिवकुमारको घरको बाहिर मुख्यमन्त्रीको पोष्टर लगाएका छन् ।
भारतीय कांग्रेसले २०१८ को निर्वाचनमा भन्दा जम्मा ७ प्रतिशत मत बढी हासिल गरेको थियो तर यसले निर्वाचनको परिणाममा ७० सीटको बढोत्तरी भयो । निर्वाचनमा कुमारस्वामीको जेडीएसको पनि भोट घटेको छ । २०१८ मा १८ प्रतिशत मतकासाथ ३७ सीट जितेको जेडीएसले यसपटक १३ प्रतिशत मतका साथ १९ सीटमात्र जितेको थियो ।
२०१८ को निर्वाचनमा भारतीय जनता पार्टीले ३६ प्रतिशत मत हासिल गर्दा १ सय ४ सीट जितेको थियो ।