Prakash Adhikari May 14, 2023

चेन्नाई(कर्नाटक,भारत), ३१ वैशाख । भारतको कर्नाटक राज्य विधानसभाको चुनावमा भारतीय कांग्रेसलाई  ऐतिहासिक सफलता मिलेको छ।

राज्य विधान सभाका २ सय २ सीटमध्ये भारतीय कांग्रेसले १ सय ३६ सीटमा विजय हासिल गरेको छ । यो निर्वाचनमा उसले ४३ प्रतिशत मत हासिल गरेको थियो । बहुमतभन्दा बढी  सीटमा विजय हासिल गरेको कांग्रेस राज्य सरकार निर्माणमा अग्रसर भएको छ ।

 

यो चुनावमा भारतीय जनता पार्टीलाई ६५ सीटमा सफलता मिलेको छ ।

 

बहुमत पाएको कांग्रेस आईका कार्यकर्तारुले राज्य विधानसभाका सदस्यहरु सिद्धा रमैया र शिवकुमारको घरको बाहिर मुख्यमन्त्रीको पोष्टर लगाएका छन् ।

 

भारतीय कांग्रेसले २०१८ को निर्वाचनमा भन्दा जम्मा ७ प्रतिशत मत बढी हासिल गरेको थियो तर यसले   निर्वाचनको परिणाममा ७० सीटको बढोत्तरी भयो । निर्वाचनमा कुमारस्वामीको जेडीएसको पनि भोट घटेको छ । २०१८ मा १८ प्रतिशत मतकासाथ ३७ सीट जितेको जेडीएसले यसपटक १३ प्रतिशत मतका साथ १९ सीटमात्र जितेको थियो ।

 

२०१८ को निर्वाचनमा भारतीय जनता पार्टीले ३६ प्रतिशत मत हासिल गर्दा १  सय ४ सीट जितेको थियो ।

Share Now

Leave a comment.