काठमाडौं, ६ कार्तिक । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले राजीनामा दिएका छन् ।
पोखरेल प्राधिकरण गठन लगतै योजना आयोगको उपाध्यक्षसँगै पुनर्निर्माणको सीईओ पनि थिए ।
तर, एमाले सरकारले उनलाई निरन्तरता दिन चाहेन ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सुशील ज्ञवालीलाई सीईओ बनायो ।
उनले काम गर्न नसकेको भन्दै कांग्रेस र माओवादी गठबन्धन सरकारले ज्ञवालीलाई बर्खास्त गरी पोखरेललाई पुनः सीईओ बनायो ।
पोखरेललाई नेपाली कांग्रेस जिल्ला कार्य समिति प्युठानले सर्वसम्मत रुपले आगामी प्रतिनिधिसभाको उम्मेदवारको रुपमा केन्द्रमा सिफारीस गरेको छ ।