काठमाडौं, २८ चैत्र । डिआइजी रमेश खरेलले राजीनामा दिएका छन्।
उनले बुधबार अपरान्ह प्रहरी प्रधान कार्यालयको कार्यविभागमा पुगेर राजीनामा दिएका हुन्।
उनले प्रहरी संगठनको सर्वोच्च नेतृत्वमा रहेर देशका लागि केही गर्ने योजना र कार्यक्रम कार्यान्वयन गर्ने अवस्थामा नरहेकोले राजीनामा दिएको बताएका छन् ।
उनले जागिर खानका लागि मात्रै प्रहरीमा बस्ने आफ्नो चाहाना नभएको बताएका छन् ।
सरकारले हिजो मंगलबार मात्रै प्रहरी महानिरीक्षकमा डिआइजी सर्वेन्द्र खनाललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
खरेल पनि महानिरीक्षकको दौडमा दिए ।