Prakash Adhikari April 11, 2018

 

काठमाडौं, २८ चैत्र । विदेशी बैंक र वित्तीय संस्थाबाट कर्जा लिन पाउने खुकुलो नीति आएपछि कर्जाप्रवाहमा आउने समस्यालाई दृष्टिगत गरी एनआईसी एशिया बैंकले आईएफसीसंग दीर्घकालीन कर्जा आदनप्रदान सम्झौता गरेको छ ।

कर्जा सम्झौतापत्रमा बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा आईएफसीकातर्फबाट संस्थाका आवासीय प्रतिनिधि रोहन रशिदले हस्ताक्षर गरेका छन् ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले विदेशी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पाउने व्यवस्था गरेपछि एनआईसी एशियाले आईएफसीबीच दीर्घकालीन कर्जा आदनप्रदान सम्झौता गरेको हो ।

दीर्घकालीन कर्जा सापट लिनको लागि बैंकले नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि आवेदन गरिसकेको का,मु। प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले जानकारी दिए ।

देशमा विद्यमान तरलताको अभावको अवस्था तथा शोधनान्तर खातामा परेको उच्च चाप जस्ता कारणहरुले स्वदेशी बजारबाट मात्र स्रोत परिचालन गरी सरकारले निर्दिष्ट गरेको आर्थिक वृद्धि हासिल गर्न चाहिने कर्जाको मागलाई पूर्ति गर्न नसकिने वातावरणलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय बंैक तथा वित्तीय संस्थाबाट दीर्घकालीन कर्जा लिने सम्बन्धमा पहल गरेको बैंकले जनाएको छ ।

उक्त कर्जा वापत प्राप्त हुने रकम बैंकले आईएफसी तथा नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले तोकेको क्षेत्रमा लगानी गर्ने र त्यस क्षेत्रमा लगानी वृद्धि हुनाले देशको आर्थिक वृद्धिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास बैंकको छ ।

हाल बैंकले १ सय ९२ शाखा कार्यालयहरु, १ सय ९५ एटीएम, ४ एक्स्टेन्सन काउनटर एवं ४ वटा शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

Share Now

Leave a comment.