Prakash Adhikari May 27, 2023

काठमाडौं,१३ जेठ । काभा महिला च्यालेञ्ज कपको उपाधि होडबाट नेपाल बाहिरिएको छ।

यसअघिको दुई पटकको च्याम्पियन नेपाल घरेलु मैदानमा काजकिस्तानसँग सेमिफाइनलमा पराजित हुँदै उपाधि होडबाट बाहिरिएको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा उज्वेकिस्तानसँग ३–२ को सेटमा पराजित हुँदै नेपाल प्रतियोगिताको अघिल्लो चरणबाट बाहिरिएको हो।

काजकिस्तानले अब उपाधिका लागि आइतबार भारतसँग खेल्नेछ।

Share Now

Leave a comment.