Prakash Adhikari June 7, 2023

काठमाडौं, २४ जेठ । नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछाने आइसिसी विश्वकप एकदिवसीय छेनोटको लागी अन्तिम तयारी स्वरुप हुने अभ्यास खेलमा सहभागी हुन त्यता उडेका छन् ।

अदालतमा पेशी भएकोले गत बुधबार नेपाली क्रिकेट टोलीसँग उनी दक्षिण अफ्रिका जान पाएका थिएनन् । उनको पेशी आगमी असार २९ सम्मलाई सरेपछि उनी  दक्षिण अफ्रिका जाने उडेका  हुन।

नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई पनि भिसाको कारण टोलीसँग दक्षिण अफ्रिका गएका छैनन् । अमेरिकाबाट भिसा नलागेपछि उनले भारतबाट प्रक्रिया थालेका छन् ।

नेपालले ८ जुनमा स्कटल्यान्डसँग दक्षिण अफ्रिकामा वार्मअप खेल खेल्नेछ । दक्षिण अफ्रिकामा नेपालले १० जुनमा नेदरल्यान्ड्ससँग वार्मअप खेल खेल्नेछ । त्यसपछि नेपाल जिम्बावे जानेछ ।

जिम्बावेमा विश्वकप छनोट खेल्नुअघि नेपालले १३ जुनमा युएई र १५ जुनमा ओमानसँग वार्मअप खेल खेल्नेछ । प्रतियोगिता १८ जुन देखि ९ जुलाई सम्म हुनेछ । नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स समूह ए मा छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई छन् । नेपालले १८ जुनमा जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ ।

हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा समूह बी बाट आउने तीन टोलीले समूह ए का तीन टोलीसँग खेल्नेछन् । त्यसपछि शीर्ष दुई टोली फाइनलमा पुग्दै भारतमा हुने विश्वकपमा स्थान बनाउनेछन् ।

Share Now

Leave a comment.