Prakash Adhikari August 28, 2023

काठमाडौं, ११ भाद्र । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने एसिया कप खेल्न आज बिहान कतार हुँदै पाकिस्तानका लागि उडेका छन् ।
पछिल्लो एकवर्षदेखि यौनदूराचारको झमेलामा फसेका सन्दीपको मुद्दाआइतबार जिल्ला अदालत काठमाडौंले नभ्याईनेमा राखेपछि सन्दीपलाई एशिया कप जाने बाटो खुलेको हो ।

सन्दीप पाकिस्तानको मुल्तान जानका लागि बिहान ११ः२० कतार एरलाइन्सबाट उडेका छन् । उनी दोहा हुँदै पाकिस्तानको मुल्तान पुग्नेछन्।

सन्दीपलाई एअरपोर्टमा नेपाल खेलकूदपरिषद्का सदस्यसचिव टंक घिसिड.ले विदाई गरेका थिए ।

नेपाली क्रिकेट टोली एसिया कप खेल्न मंगलबार राती पाकिस्तान गएको थियो । तर सन्दीप टोलीसँग गएनन् । एसिया कप ३० अगष्ट देखि १७ सेप्टेम्बर सम्म हुनेछ ।

नेपाल, पाकिस्तान र भारत समूह ए मा छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । नेपालले १३ भदौ (३० अगष्ट)मा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । नेपालले भदौ १८ (सेप्टेम्बर ४) मा भारतसँग श्रीलंकाको क्यान्डीमा खेल्नेछ ।

Share Now

Leave a comment.