Prakash Adhikari August 29, 2023

काठमाडौं, १२ भाद्र । साताको तेस्रो कारोबार दिन मंगलबार नेपालको शेयर बजार ओरालो लागेको छ ।

यस दिन धितोपत्र परिसूचक ५.०५ अंक घटेर १९९३.४२ विन्दुमा झरेको छ।

अघिल्लो कारोबार दिन ९८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २७८ स्टकको ४० लाख ६ हजार कित्ता शेयर खरिद बिक्रीबाट ८६ करोड ५१ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

सूचीकृत भएदेखि सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

सो कम्पनीको शेयरमूल्य यस दिन ८४ रुपैयाँ ८० पैसा बढेर ९ सय ३३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन ग्लोबल आइएमई ब्यालेन्स्ड फण्डको इकाईमूल्य ९.९९ प्रतिशत बढेको छ। यस दिन शेयरमूल्य घटेका स्टकहरुको मूल्य गिरावट दर ५ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन माछापुच्छ्रे बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन आइएमई लाइफ इन्स्योरेन्स र नेपाल टेलिकमको ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक बढेको छ भने बाँकी अरु उपसमूहको परिसूचक घटेको छ।

Share Now

Leave a comment.