काठमाडौं, १३ कार्तिक। नेपाल प्रिमियर लिग (एनपीएल) आजको दोस्रो खेल मैदानको ओसिलो पनको कारण ५ ५ ओभरमा सीमित गर्ने सहमति भएको छ । दुवै टोलीबीच खेल सुरु गर्ने विषयमा सहमति जुटाउन समय लागेकोले अबेर राति खेल आरम्भ भएको छ ।
खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर बलिङ रोजेको छ। योसँगै विराटनगर किंग्सले पहिला ब्याटिङ गर्ने भएको छ।
यो खेल ५(५ ओभरको हुने भएको छ। सुदूरपश्चिमका विदेशी खेलाडीले मैदान खेल्न योग्य नरहेको बताएर खेल्न तयार नभएपछि टसमा ढिलाई भएको थियो।
लामो छलफलपछि म्याच रेफ्रीले खेल नखेलेमा विराटनगर किंग्सलाई २ अंक दिने चेतावनी दिएपछि अन्ततः सुदूरपश्चिम खेल्न तयार भएको थियो। यसअघि ७स् ४० बाट खेल शुरु गर्ने भनिएको थियो।
जारी प्रतियोगितामा विराटनगर किंग्सले लगातार दुई खेलमा हार बेहोरेको छ भने सुदूरपश्चिम रोयल्सले एक जित र एक हार बेहोरेको छ।
यसअघि आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीच हुने भनिएको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो।







