काठमाडौं, ४ असोज । देशभरबाट राजधानी आएका सरकारी विद्यालयका शिक्षकहरले दोस्रो दिन पनि राजधानीमा प्रदर्शनी गरेका छन् ।
राजधानीको माइतीघरबाट संसदभवन नयाँ बानेश्यर जाने सडक केन्द्रित प्रदर्शनका कारण राजधानीको सडक सवारी प्रभावित भएको छ ।
शिक्षकहरुको विरोध प्रदर्शनले राजधानीको माइतीघरमण्डलदेखि नयाँँबानेश्वरस्थित सडक ढाकिएको छ ।
शिक्षकहरुको आन्दोलनले सिंहदरबार, थापाथली, कोटेश्वर, पुरानो बानेश्वरसहितका क्षेत्रबाट आउने सवारीसाधनलाई डाइभर्ट गरिएको छ।
शिक्षकहरुले संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोध गरिरहेका छन् ।
शिक्षकहरुले निजामती कर्मचारीसरह सुविधा दिनुपर्ने, खाइरहेको जागीरको सुरक्षा हुनुपर्ने, कुनै पनि तहबाट खाइपाइ आएको सुविधा खोस्न नपाइने लगायत माग राख्दे हालको विधेयक पञ्चायतको भन्दा पश्चगामी भएकोले व्यापक संशोधन हुनुपर्ने माग राखेका छन्।
बिहीबार सिंहदरबारमा शिक्षकहरु र सरकारबीच वार्ता भएको थियो। तर दुई पक्षबीचको वार्ताले सहमतितिर पुग्न सकेन । राजधानी ओइरिएका शिक्षकहरु, सरकारसंग विधेयक शिक्षकमैत्री गराउने संझौता गरेरमात्र जिल्ला फर्कने मनस्थितिमा रहेका छन् ।


















