Prakash Adhikari September 21, 2023

काठमाडौँ, ४ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से( परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक ४४.३४ अङ्कले बढेर २०२९.७८ अङ्कमा कायम भएको छ ।

आज विभिन्न २ सय ७८ कम्पनीका १ करोड १२ लाख ६४ हजार ३ सय ९ कित्ता शेयरको १ लाख १९ हजार ३ सय ५९ पटक खरिदबिक्री हुँदा रु ३ अर्ब २९ करोड ३९ लाख २१ हजार ३ सय ६८ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा जलविद्युत् र वित्त कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । जलविद्युत् समूहको उपसूचक पाँच दशमलव ३१ प्रतिशतले बढेको छ भने वित्त समूहको उपसूचक चार दशमलव ३८ प्रतिशतले बढेको छ । आजको कारोबारमा सबै समूहका उपसूचकमा हरियाली देखिएको छ ।

आज चार वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड, दिव्यश्वरी हाइड्रोपावर, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

साथै सबैभन्दा धेरै गुमाउने कम्पनीमा एनआईबीएल ग्रोड फन्डको शेयर मूल्य ४ं०७ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सबैभन्दा धेरै रु २० करोड १८ लाख ३६ हजार ४ सय ८३ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको ७ लाख २९ हजार २ सय ३२ कित्ता शेयर किनबेच भएको छ ।

Share Now

Leave a comment.