१६ असोज, हान्झाउ । १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेट क्वाटरफाइनलमा नेपालले भारतको चौथो विकेट लिएको छ ।
नेपालका सन्दीप लामिछाने,सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले भारतको विकेट लिएका हुन् ।
सन्दीपले १२.५ ओभरमा जितेस शर्मालाई क्याच आउट गराएका थिए ।
यस पहिले सोमपाल कामीले ११.४ ओभरमा तिलक बर्मालाई बोल्ड आउट गरेका थिए ।
त्यस पहिले आक्रामक खेल खेलिरहेका भारतका रितुराज गाएकवाडलाई ९.५ ओभरमा दीपेन्द्रसिंह ऐरीले आउट गरेका थिए । दीपेन्द्रले अर्का ओपनर जयसवालको विकेट पनि लिए ।
१७ औं ओभरको अन्त्यमा खेल १५६ । ४ मा रहेको छ ।
चीनको हाङजाओमा जारी १९ औं एसियन गेम्स अन्तर्गत टि २० क्रिकेटमा भारतविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ।
झेझियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भारतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो।
नेपाल रोहित पौडेलको कप्तानीको मैदान उत्रेको छ भने भारतीय टोलीको कप्तानी भने ऋुतुराज गायकवाडले गर्दैछन्।
इन्डियन प्रिमियर लिग (आइपीएल) का स्टार खेलाडीले भरिएको भारत एसियाडमा उपाधि दावेदार टोली हो। नेपाल बलियो टोली भारतलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गर्न चाहान्छ।
टी २० आईमा नेपाल र भारत पहिलो पटक भिड्न लागेका हुन्।
एसियाडमा भारतले सिधै क्वार्टरफाइनल खेल्न लागेको हो। यता नेपालले भने समूह ‘ए’ को पहिलो खेलमा मंगोलिया विरुद्ध २ सय ७३ रनको कीर्तिमानी जित निकालेको थियो।
दोस्रो खेलमा नेपालले मालदिभ्सलाई १ सय ३८ रनले हराएको थियो।
दोस्रो क्वार्टरफाइनलमा आज नै पाकिस्तान र हङकङ भिड्नेछन्। श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसिया बुधबार खेल्नेछन्।


















