Prakash Adhikari October 4, 2023

काठमाडौं, १७ असोज । कुमारी बैंकले ५ अर्बको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले असोज ८ गते नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको हो।

ऋणपत्रको नाम ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ रहेको छ। जस बापत बैंकले वार्षिक १० प्रतिशत ब्याज दिनेछ।

निष्कासन हुने ऋणपत्रमध्ये २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र मात्रै सर्वसाधारणका लागि बिक्री खुला हुनेछ। बाँकी ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ।

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्ध नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्ने भएको छ ।

Share Now

Leave a comment.