Prakash Adhikari October 4, 2023

काठमाडौं, १७ असोज। सानिमा बैंकले चाडपर्वलाई लक्षित गर्दै दसैं धमाका योजना सार्वजनिक गरेको छ।
बैंकका ग्राहकले अनलाइन सपिङ दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने योजना ल्याएको हो। यो बुधबारदेखि कार्यान्वयनमा आउनेछ।

बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट पाउने विज्ञप्तिमा उल्लेख छ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम १ हजार ५ सय रुपैयाँ सम्म छुट पाउने बैंकले जनाएको छ। बैंकका अनुसार क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार सम्मको छुट प्राप्त गर्न सक्नेछन्।

छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर संकलन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ। यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि पाउने बैंकले जनाएको छ। योजना असोज ३० गतेसम्म कार्यान्वयन हुने बैंकले जनाएको छ ।

Share Now

Leave a comment.