Prakash Adhikari October 5, 2023

काठमाडौं, १८ असोज । २०२५ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डीभी) बुधबार रातीबाट खुल्ने भएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली सयम अनुसार बुधबार राती ९ बजेर ४५ मिनेटपछि आवेदन खुला  भएको जनाएको छ।

कार्तिक २१ नेपाली समय अनुसार १० बजेर ४५ मिनेटसम्म डीभी आवेदन खुल्ला हुनेछ। अमेरिकाले हरेक वर्ष डीभी भरेकाहरुलाई चिठ्ठामार्फत अमेरिका लैजाने गर्दै आएको छ। डीभी भर्दा कुनै पनि शुल्क लाग्दैन ।

डीभी आवेदन https://dvprogram.state.gov/मा गएर आफै भर्न सकिने दूतावासले जनाएको छ।

 

Share Now

Leave a comment.