Prakash Adhikari October 5, 2023

काठमाडौं, १८ असोज । काठमाडौँबाट साउदी अरबको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज गएराति बीच गन्तब्य नपुगी फर्किएको छ ।

बुधबार राति सवा ११ बजे काठमाडौँबाट पाकिस्तानको कराँचीमाथिको आकाश पुगेको विमान फर्किएर पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार जहाज आसपास केही खतरा भए त्यसको सङ्केत दिने प्रविधि टिकासमा खराबी भएपछि विमान फर्किएको हो ।

नेपाल वायुसेवा निगमले २०८० भाद्र २० गतेदेखि काठमाडौँबाट साउदी अरेवियाको दमाममा नियमित सिधा उडान सुरु गरेको थियो ।

काठमाडौँ–दमाम–काठमाडौँ सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिवार उडान गर्ने गरेको छ ।

Share Now

Leave a comment.