Prakash Adhikari October 5, 2023

ओस्लो(नर्वे), १८ असोज(बीबीसी) ।द स्वीडिश अक्याडमीले यो वर्ष साहित्यतर्फ नर्वेका लेखक यून फोसालाई नोबेल पुरस्कार दिने घोषणा गरेको छ।

पुरस्कार समितिका अनुसार व्यक्त गर्न नसकिने कुरालाई उनले नयाँ ढङ्गले नाटक तथा काव्यमा प्रस्तुत गरेकाले फोसालाई पुरस्कार दिइने भएको हो।

फोसा आफ्नै शैलीमा उपन्यासहरू लेख्नुहुन्छ र उहाँको शैलीलाई फोसा मिनिमलिजमको सङ्ज्ञा दिइएको छ।

आगामी डिसेम्बर महिनामा उनलाई एउटा विशेष समारोहमा उक्त पुरस्कार प्रदान गरिने छ।

यसअघि नोबेल पुरस्कार समितिले सन् २०२३ को चिकित्साशास्त्र, भौतिकशास्त्र र रसायनशास्त्रतर्फका विजेताको घोषणा गरेको थियो।

अब शुक्रवार शान्ति र सोमवार अर्थशास्त्रतर्फ नोबेल पुरस्कार विजेताको नाम घोषणा गरिने छ।

कोभिड १९ विरुद्ध एमआरएनए खोप बनाउन बाटो खोलिदिने प्रविधि विकसित गर्ने काटालिन कारिको र ड्रू भाइस्मानले चिकित्साशास्त्रतर्फ उक्त सम्मानित पुरस्कार दिइएको छ।

सूक्ष्म कालखणड पत्ता लगाउने प्रकाशसँग सम्बन्धित प्रयोगका लागि पिएर एगोस्टिनी, फेरेन्ट्स क्राउस र एन लुहुलिएले भौतिक शास्त्रतर्फको पुरस्कार दिने घोषणा गरिएको छ।

न्यानोटेक्नोलजीमा विशिष्ट योगदान पुर्‍याउने तीन वैज्ञानिक रसायनशास्त्रतर्फ पुरस्कृत हुनुहुने भएको छ। मूङ्गी बावेन्डी, लुई ब्रुस र अलेक्सी एकिमोभलेुक्वान्टम डटको खोजी र संश्लेषण गरेको हुनाले उहाँहरुलाई नोबेल पुरस्कार दिन लागिएको स्वीडनको रोयल अक्याडमी अफ साइन्सेजले जनाएको छ।

साहित्यमा नोबेल पुरस्कार यसअघि कसले पाएका थिए
सन् २०२२ मा फ्रान्सेली साहित्यकार एनी एर्नोले साहित्यतर्फको नोबेल पुरस्कार पाउनुभएको थियो। एर्नोले विषयका जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने गरेकाले उक्त पुरस्कारबाट सम्मानित गरिएको जनाइएको थियो।

सन् २०२१ः अब्दुलरजाक गुरनाहलाई उहाँको औपनिवेशिक असर तथा संस्कृति र महादेशहरूबीचमा शरणार्थीको भाग्यबारे उनको सम्झौताबिनाको र प्रतिबद्ध प्रभावका लागि
सन् २०२०ः अमेरिकी कवि लुइस ग्लकलाई सुन्दर काव्यात्मक आवाजका लागि
सन् २०१९ः अस्ट्रियाका नाटककार पिटर हान्कलाई सरल भाषामा मानव अनुभूतिको परिधिलाई उजागर गरेकाले
सन् २०१८ः पोल्यान्डका लेखक ओल्गा तोकाचुकलाई जीवनको परिधिहरूभन्दा माथि गएर कथात्मक परिकल्पना गर्न सक्ने उनको क्षमताका लागि

विगतमा साहित्यतर्फको पुरस्कार अर्नेस्ट हेमिङ्वे, ग्याब्रअल गार्सिया मार्कोस र टोनी मोरिसनजस्ता उपन्यासकार तथा पाब्लो नेरुडा, जोसेफ ब्रोड्स्की र रवीन्द्रनाथ ठाकुर तथा ह्यारोल्ड पिन्टर र युगीन ओनील लगायतका नाटककारले प्राप्त गर्नुभएको थियो।

सन् २०१६ मा गायक बब डिलनले साहित्यतर्फको पुरस्कार स्वीकार गर्नुहोला कि नाई भन्ने अन्योल देखा परेको थियो। अन्ततः उहाँले सन् २०१७ को जुन महिनामा उक्त पुरस्कारका लागि मन्तव्य दिनुभएको थियो ।

Share Now

Leave a comment.