Prakash Adhikari October 11, 2023

काठमाडौं, २४ असोज। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ।

इजरायल र प्यालेस्टाइनबीच अहिले देखिएको तनावका कारण महासचिव गुटरेसको नेपाल भ्रमण हालका लागि स्थगित भएको र निकट भविश्यमा उहाँको भ्रमण हुने परराष्ट्र सचिव भरत पौडेलले जानकारी दिनुभएको छ।

यसअघि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको यही असोज २६ गतेदेखि २९ गतेसम्म तय भएको थियो।

Share Now

Leave a comment.