काठमाडौं,२३ असोज । विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा “लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम” अन्तरगत नेपाल मर्चेन्ट बैंकर्स संघले आयोजना गरेको अन्तर कलेज क्यापिटल मार्केट हाजिरीजवाफ प्रतियोगितामा काठमाडौं विश्वविद्यालयको स्कूल अफ म्यानेजमेण्ट प्रथम भएको छ ।
प्रतियोगितामा नेपाल कलेज अफ म्यानेजमेण्टले द्धितीय र क्वेस्ट ईन्टरनेशनल कलेजले तृतीय स्थान ओगटन सफल भएका छन् ।
धितोपत्रबजार नियमन निकायहरुको अन्र्तराष्ट्रिय संस्था आयस्को (इन्टरनेशनल अर्गनाइजेन अफ सेक्युरिटीज कमिशन)को आह्वानमा धितोपत्र बजार तथावस्तु विनिमय बजारसम्बन्धी सचेतना तथा ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले यहि २०८० असोज १५ देखि असोज २१ गते सम्म विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा नेपाल मर्चेन्ट बैंकर्स संघले एमबीएएन अन्तर कलेज क्यापिटल मार्केट हाजिरी जवाफ प्रतियोगिता– २०२३ आयोजना गरेको थियो ।
हाजिरी जवाफ प्रतियोगिताको अन्तिम चरणको खेलहरु असोज २१गते सम्पन्न भएका थिए ।
उक्त कार्यक्रममा पहिलो चरणमा छनोट भएका ८ वटा कलेजका विजेता टोलीहरु –काठमाडौं कलेज अफम्यानेजमेण्ट, रिलायन्स कलेज, द ब्रिटिस कलेज, काठमाडौं युनिभर्सिटि स्कूल अफ म्यानेजमेण्ट, क्वेस्ट ईन्टरनेशनल कलेज, नेपाल कलेज अफ म्यानेजमेण्ट, युनिग्लोब कलेज र एपेक्स कलेज द्धितीय चरणको सेमिफाइनल राउन्डको लागि योग्य भएका थिए ।
द्धितीय चरणमा प्रवेश गर्न सफल ८ वटा टोली मध्य काठमाडौं कलेज अफ म्यानेजमेण्ट,काठमाडौं युनिभर्सिटि स्कूल अफ म्यानेजमेण्ट, क्वेस्ट ईन्टरनेशनल कलेज र नेपाल कलेज अफ म्यानेजमेण्टबिच सोहि दिन ग्राण्ड फिनाले प्रतिस्पर्धा भएको थियो । ग्राण्ड फिनालेमा सामान्य राउण्ड, बोनान्जा राउण्ड, बजर राउण्ड, र ¥यापिड फायर राउण्ड शामिल भएको थियो । बुद्धि र रणनीतिको रोमाञ्चक र घनिष्ठ प्रतिस्पर्धामा, काठमाडौं युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट (कुसोम) को टोली विजेताको ट्रफी र रु. एक लाख रुपैया प्रथम नगद पुरस्कार सुरक्षित गर्दै च्याम्पियनको रूपमा उभिन सफल भयो ।
त्यस्तै नेपाल कलेज अफम्यानेजमेण्ट कलेज,फस्ट रनर अप टिमले ट्रफी र रु. ५०,०००। – (रु पचास हजार) नगद पुरस्कार प्राप्त गरेको छ र क्वेस्ट इन्टरनेशनल कलेजले अन्तिम राउण्डमा उत्कृष्ट प्रदर्शन गरेपछि रु. २५,०००।–नगद पुरस्कारसहित तेस्रो स्थानको ट्रफी हात पार्न सफल भएको छ ।
कार्यक्रमको सञ्चालन तथा उद्घोेषण मास्र्टर अफ सेरोमनी भूतपूर्व मिस नेपाल सदिच्छा श्रेष्ठाद्वारा गरिएको थियो । कार्यक्रममा मर्चेन्ट बैंकर्स एशोसिएसन अफ नेपालका अध्यक्ष विजयलाल श्रेष्ठले कार्यक्रमका विशेषता र महत्व उल्लेख गर्दै प्रतियोगिताका सहभागीहरूको आत्मविश्वासलाई उत्साहित गर्नुभएको थियो।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको मुख्य आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बोर्डका पदाधिकारीहरु, नेपाल स्टक एक्सचेञ्ज, सीडीएससी, ब्रोकर संघ र मर्चेन्ट बैंकर्स एशोसिएसनका सदस्यहरूको साथै सहभागी कलेजका प्राध्यापक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमा आयोजन स्थल र लजिस्टिक व्यवस्था सहितको ग्लोबल कलेज तथा पाटन बहुमुखी क्याम्पस, रिलायन्स कलेज, एड–मार्क कलेज, एपेक्स कलेज र केसीएम कलेजले आफ्नो ज्ञान प्रवद्र्धनात्मक सहयोग प्रदान गरेका थिए । डाबर नेपाल प्रा. लि.ले कार्यक्रममा रियल जुस प्रदान गरि सहयोग गरेको थियो भने बेस्ट फाइनान्स कम्पनी लिमिटेड, सनराइज क्यापिटल लिमिटेड, नबिल बैंक लिमिटेड, सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट (सी.आइर्.टी),इन्फोडेभलपर प्रा. लि र एन.एम.बि बैंक लिमिटेडले आर्थिक सहयोग गरेका थिए ।


















