Prakash Adhikari April 25, 2018

सानेपा(ललितपुर), १२ बैशाख । नेपाली कांग्रेसका युवा नेता एवम् पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पनि पार्टीको जारी बैठकमा पार्टीलाई आधुनिकीकरण गर्ने प्रस्ताव पेश गरेका छन् ।

बुधबार बसेको पाटीको बैठकमा उनले गत बर्ष सम्पन्न स्थानीय, प्रादेशिक र संघीय संसदको निर्वाचनको पराजयबाट प्राप्त शिक्षा कांग्रेसलाई एक आधुनिक राजनीतिक दलका रुपमा विकसित गर्ने यात्रारम्भ गर्ने ऐतिहासिक आवसरमा परिणत गर्न सकिने विश्वास व्यक्त गरे ।

उनले पार्टीको पराजयलाई पार्टी नेता र कार्यकर्ताबीच आत्मीय सम्बन्धको अभाव, पार्टीको छवि स्वच्छ राख्ने विषयमा देखिएका कमजोरी, महत्वपूर्ण मुद्दाहरुको समुचित सम्बोधनमा कमजोरी, प्रचार प्रसारमा कमी, भविष्य दृष्टिको कमी,परम्परागत सांगठनिक शैली र सैद्धान्तिक पुर्नव्याख्याको प्रश्नलाई औल्याएका छन्
युवा नेता शर्माले कांग्रेस रूपान्तरणका लागि १३ वटा लक्ष्य ३ दर्जन प्रकृया एवं त्यसवाट हासिल हुनसक्ने १३ वटा परिणामहरुको टिपोट सहित बैठकमा छलफलका लागि बुँदागत रुपमा प्रस्ताव प्रस्तुत गरेका हुन ।

उनले सांगठनिक कार्यक्रम ब्यवस्थित बनाउने पहिलो लक्ष्य हासिल गर्न पाँच वटा प्रकृया प्रस्तुत गरेका छन् । दोश्रोमा कांग्रेस पार्टीलार्इ डिजीटाइज गर्ने पाँच कदम उल्लेख गरिएको छ । नीति तथा प्रशिक्षण प्रतिष्ठान आन्तर्गत नीति आध्ययन र विश्लेषणको थिकं ट्याकं निर्माण गर्ने विषयलार्इ तेश्रो बुँदामा राखिएको छ । उनले त्यस्तो समूहलाई छलफलका गरी र निश्कर्षमा पुग्न ९ वटा तात्कालिक विषय पनि प्रस्तुत गरेका छन् ।

उनले समाजको तल्लो तह(तृणमूल)सम्म पार्टी सुदृढीकरण गरी यसलाई जीवन्त राख्न तुल्याउन ६ वटा आवधारणालार्इ पाँचौ बुँदामा एवं छैठौमा हरेकखाली हातलार्इ काम सुम्पने गरि (जगेडामुक्त) को धारणा समेटेका छन् ।

नेता शर्माले एक शक्तिशाली राज्य प्रशासन विभाग र त्यसले गर्न पर्ने कार्य र कार्यशैलीका योजना सातौ बुँदामा समेटिएका छन् । पार्टीका कृयाशील सदस्यहरूलार्इ भुगोलसँगै विभिन्न मनोबैज्ञानिक समूहमा व्यवस्थित गरेर परिचालित गर्ने दृष्टिकोण उचित हुन्छ या त्यसलार्इ खारेज गरेर साधारण सदस्यलार्इनै सो आधिकार प्रत्यायोजन गर्न उचित हुन्छ भन्ने दुर्इ भिन्न खाकापनि आठौ बुँदामा परेका छन् । पार्टीका सदस्यहरूको व्यवसायीक क्षमता आभिवृद्धि लागि प्रशिक्षण, र सदस्यता शुल्क वा लेवि परम्पराको सुदृढीकरणका लागि विल्कुलै भिन्न शैली र भातृ संस्थाहरूको आधुनिकरण सम्वन्धी कार्य योजनालार्इ उनले दशौं, र एघारौं बुँदामा प्रस्तुत गरेका छन् ।

उनले पार्टीको केन्द्रीय नेतृत्वदेखि टोल समितिका सदस्यसम्मले बाधिनु पर्ने आचार संहिताको प्रस्तावनालार्इ बाह्रौ बुँदामा र समयानुकुल जरूरी वन्न पुगेका केहि शुभेच्छुक र सामाजिक संस्थाको गठन सम्वन्धी आवधारणालार्इ तेह्रौ बुँदामा प्रस्तुत गरेका छन् ।

उनले भनेका छन,’कांग्रेस थियो र छ , त्यसैले स्वाधिनता, समावेशिता, शान्ति स्थापना, लोकतान्त्रिक गणतन्त्र, नयाँ संविधान अनि त्यसको कार्यान्वयनसम्मको यात्रा देशले पूरा गर्नसक्यो । हामीले थालेको समाजलार्इ गास्ने अभियान र समृद्धिको यात्रा अधुरै छ । त्यसैले नयाँ ढंगले जुटनु र नविन विश्वासका साथ उठनुको अर्को विकल्प हामीसँग छैन । हामी बदलिन्छौ र कांग्रेस बदल्नेछौ ।’

Share Now

Leave a comment.