काठमाडौं, ११ कार्तिक । नेपालको निजी वायुसेवा कम्पनी बुद्ध एयरले आफ्नो बेडामा ्अर्को एक एटीआर विमान थपेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्धको एटीआर ७२ उत्रिएसैगै बुद्धसंग रहेका जहाजको संख्या १७ पुगेको छ।
जहाज संख्या विस्तारले यात्रु सेवासँगै जहाज मर्मत सम्भार थप प्रभावकारी रहने कम्पनीले जनाएको छ।
‘उडान संख्या उल्लेख्य वृद्धि भए अनुरुप यात्रुहरुले आफ्नो समय अनूकल उडान भर्न सक्नेछन्। थपिएको जहाजले नियमित मर्मत सम्भारमा पनि सहयोग हुनेछ,’ कम्पनीका बजार निर्देशक रुपेश जोशीले भन्नुभएको छ।
९एन एओसी कलसाइन दिइएको यो एटीआर थपिएसँगै कम्पनीसँग एटीआर(७२ सिरिज संख्या १४ वटा पुगेको जनाइएको छ। बाँकी ३ वटा जहाज एटीआर(४२ सिरिजका रहेका छन्।
बुद्ध एअरले शुक्रबार भित्र्याइएको एटीआरमार्फत एक महिनाभित्रै व्यवसायिक उडान गर्ने तयारी गरिरहेको छ।
हाल कम्पनीले आन्तरिकतर्फ दैनिक १५० भन्दा बढी उडान भर्दै आएको छ।
यस्तै, अन्तर्राष्ट्रिय तर्फ काठमाडौं बनारस उडान गर्दै आएको छ।


















